Rss Feed
  1. इन्टरनेट तथा सामाजिक सञ्जालले गर्दा सर्जकहरुलाई आफ्ना सृजना पाठकहरु समक्ष पुर्याउन अत्यन्त सहज र सरल भएको छ । विद्युतीय पुस्तक तथा ब्लागहरु पढ्ने चलन बढ्दो क्रममा छ । सर्जकहरुले आफ्ना रचनाहरुको सम्बन्धमा पाठकहरुको प्रशंसा र प्रतिकृया सामाजिक सञ्जाल मार्फत द्रुतगतिमा पाउने हुनाले सामाजिक सञ्जालहरुमा व्यापक रुपमा साहित्यिक गतिविधि भै रहेको देख्न सकिन्छ । साहित्यका विभिन्न विधाहरुका नामबाट सयौं समूह तथा पेजहरु निर्माण भएका छन् ।  यहीं सहजता र सरलताले गर्दा सर्जकहरुको संख्या समेत दिनानुदिन बढ्दै गइरहेको छ । ब्लाग तथा सामाजिक सञ्जालहरुमा कविताकथालघु कथागजलहाइकुदोहागीत आदी लगायत विधाका रचनाहरु निरन्तर साझा भै राखेका हुन्छन् ।

    साहित्यिक गतिविधि तथा रचनाकारहरुको संख्यामा वृद्धि हुनु साहित्यका लागि सकारात्मक कुरा भएतापनि अध्धययन, अभ्यास र शिल्पको अभावमा कुनैपनि विधाको नियम नै नजानी जथाभावी गरिने रचनाले साहित्यमा विकृति र पाठकमा भ्रम सृजना नहोस् भनेर त्यतिकै सचेत हुनुपर्ने अवस्था देखिन्छ । जापानीज साहित्यबाट आएको हाइकु होस् वा अरबी साहित्यबाट आएको गजल किन नहोस् रचनाका हरेक विधाका आफ्नै नियमहरु छन् । आफ्नै अवधारणा र शास्त्र छन् । ती नियमहरु नै उक्त विधाहरुका आधार हुन् जसले ती विधाहरुलाई हालसम्म जीवित मात्रै राखेका छैनन् लोकप्रिय समेत बनाएका छन् । अर्थात्, जसरी सामान्य जीवनयापन गर्न समेत जीवनमा अनुशासनको आवश्यकता हुन्छ त्यस्तै अनुशासन साहित्यमा पनि जरुरी छ । 

    त्यसैले, साहित्यका कुनैपनि विधामा कलम चलानउनु भन्दा अघि त्यस विधाका नियमहरु संग परिचित हुँदा रचनाको वैधता पुष्टी हुनुको साथै पाठकहरु समेत भ्रम मुक्त हुन्छन् । मेरो यो लेख काव्यको एक अतिविशेष र लोकप्रिय विधा गजलमा केन्द्रित छ । प्रायः नव रचनाकारहरुले शेर--शायरी मार्फत साहित्यमा पदार्पन गर्दछ । तर, यस विधाका नियहरु संग जानकार नहुँदा रचनाकारका रचनाहरु खारेज हुन् जान्छन् । उर्दू र हिन्दीमा गजल अत्यन्त लोकप्रिय रहेका कारण ती भाषाका पाठकहरु कुन रचना गजल हो वा कुन होइन भनी सहजै छुट्याउन सक्छ तर नेपाली, मैथिली वा भोजपुरीका पाठकहरुबीच भने अहिले यस विधाका सम्बन्धमा त्यति गहिरो जानकारी साझा भएको पाँइदैन् । साहित्यप्रेमीहरुले गजल भनी पढेका वा सुनेका कतिपय रचनाहरु गजल नहुन पनि सक्छन् । आखिर कस्तो रचनालाई गजल बुझ्ने त? कुन रचना गजल हो ? कुन रचना गजल होइन ? एउटा सामान्य पाठकको रुपमा कसरी छुट्टयाउने ? आउनुस्, अब यी यस्ता प्रश्नहरुको समाधान खोजौं ।

    यहाँ, गजल के हो ? यसको इतिहास के छ ? नेपाली साहित्यमा कसरी प्रवेश भयो ? जस्ता विषयमा धेरै समय खर्च नगरिकन अति संक्षेपमा मात्र चर्चा गरिएको छ ।

    गजल शब्दको व्युतपति अरबी शब्द 'मुगाझेलात' वा 'तगझ्झु' शब्द बाट भएको मानिन्छ । जसको फारसी शाब्दिक अर्थ हुन्छ 'सुखन अज जनान गुफ्तन' वा 'अज माशूक गुफ्तन' अर्थात, स्त्री वा प्रेमिकाको कुरा गर्नु, प्रेमी र प्रेमिका बीचको वार्तालाप हो । गजल अरबी साहित्यको देन हो । अरबीफारसी, उर्दू र हिन्दी हुँदै यो विधा नेपालीमा प्रवेश गरेको हो ।

    गजललाई विभिन्न विद्वानहरुले विभिन्न ढंगले परिभाषित गरेका छन् । छोटकरीमा बुझ्नुपर्दा गजल यस्तो रचना हो जुन बिम्ब, प्रतिक र उदाहरणको माध्यमबाट गहन कहनद्वारा प्रेम, प्रकृति, मानवीय संवेदना, र जीवन दर्शन लगायतका विषयहरुको उच्च भाव समेटी बहर, रदीफ, काफिया सहित अरबी छन्दशास्त्र(अरुज) अनुसारका नियमको परिधिभित्र रही रचना गरिन्छ । अरुजको आविष्कार आठौं शताब्दीमा ओमानमा जन्मेका 'अब्दुर्रहमान खलील बिन अहमद बसरी फरहूदी(छोटकरीमा खलील बिन अहमद)'ले गरेका हुन् । खलील बिन अहमद भाषाशास्त्र, गणित र संगीतमा विशेष रुची राख्दथे । उनले अरुज अर्थात् अरबी छन्दशास्त्र लेख्दा खेरी पिंगल छन्दशास्त्रबाट समेत सहयोग लिएका थिए । अरुज र पिंगल छन्दशास्त्रको मूल इकाइ र धेरै छन्दहरुमा समानता पार्इन्छ ।

    अब लेखको मुख्य विषयमा प्रवेश गरौं । कुन रचना गजल हो वा कुन होइन भनी छुट्याउनका लागि गजल विधाका अति आवश्यक आधारभूत तत्वहरुको बारेमा बुझ्नु जरुरी हुन्छ । यी तत्वहरु वारे तल चर्चा गरिएको छ ।
    1.   मिसरा- एउटा पंक्तिलाई मिसरा भनिन्छ । शेर दुई वटा पंक्तिहरु मिलेर बनेको हुन्छ । शेरको पहिलो पंक्तिलाई मिसरा--उला र दोश्रो पंक्तिलाई मिसरा--सानी भनिन्छ । 'उला'को अर्थ पहिलो र 'सानी'को अर्थ दोश्रो हुन्छ ।

    जो कल्पनामा डुबाउँछ त्यो हो कवि………………………………… मिसरा--उला
    जो भावनामा डुबाउँछ त्यो हो कवि

    जो कल्पनामा डुबाउँछ त्यो हो कवि
    जो भावनामा डुबाउँछ त्यो हो कवि………………………………… मिसरा--सानी
    - (कुन्दन कुमार कर्ण)

    2.   शेर- कुनै भावना चिन्तन अथवा विचार प्रकट गर्न एउटै वज्न अर्थात भारमा रचिएको दुई वटा पंक्ति जसमा रदीफ र काफियाको प्रयोग गरिएको हुन्छ ।

          यस् बखत्मा प्रीति गर्नू जालमा फस्नु न हो
          आसमा पर्नू त चोखा धारमा बस्नु न हो (मोतिराम भट्ट)

    3.   अशआर- दुई वा सो भन्दा बढी शेर वा शेरहरुको समूह

          छु प्यासी नदीमा नपाएर पानी
          भयो साँझ जस्तै मला बिहानी

          तिमीले डुबायौ कि झैं लाग्न थाल्यो
          बचाएर मैले गरेको लगानी
         
          सुरक्षा बिना नै म गर्दै छु यात्रा
          चलेको छ हावा बिहानै तुफानी – (घनश्याम परिश्रमी)
         
    4.   काफिया यस्तो अक्षर वा शब्द जसको स्वर साम्य हुन्छ र प्रत्येक शेरमा समतुकांत सहित रदीफ भन्दा पहिले आउँछ । काफियालाई शेरको मुटु मानिन्छ । शेरको मुख्य आकर्षण अर्थात् केन्द्रविन्दु नै काफिया यो । काफिया गजलको अनिवार्य तत्व हो ।

          यि सानै उमेर् देखि मन् हर्न लागे
          यिनै सुन्दरीले जुलुम् गर्न लागे

          कहाँ सम्मको आँट लो हेर तिन्को
          रिसाएर आँखा पनि तर्न लागे

          एकै पल्ट आँखा घुमा दिनाले
          कती मर्न लागे कती डर्न लागे

          सुनिस् मन् मुनियाँ बडा होस राखेस्
          बिछाएर जाल कागुनो छर्न लागे

          बिराना र आफ्ना नराम्रा र राम्रा
          सबै सुन्दरीका अघि सर्न लागे

    मोतिराम भट्टद्वारा रचित उल्लेखित गजलमा 'हर्न, गर्न, तर्न, डर्न, छर्न, र सर्न' लाई काफियाको रुपमा प्रयोग गरिएको छ । यी काफियाहरुमध्ये केहींलार्इ टुक्रापारी हेरौं यसका स्वर कसरी साम्य छन् भनेर ।
                  ह्++र्+न्+
                  ग्++र्+न्+
                  त्++र्+न्+
                  ड्++र्+न्+

    काफियाकै एउटा अर्को उदाहरण हेरौं उर्दूका प्रख्यात शाइर मिर्जा गालिबको अत्यन्त लोकप्रिय यो गजलमा
         
    दिले नादां तुझे हुआ क्या हैं
    आखिर इस दर्द की दवा क्या हैं

    हम हैं मुश्ताक और वो बेजार
    या इलाही ये माजरा क्या हैं

    मैं भी मुँह में जवान रखता हूँ
    काश पूछो कि मुद्दआ क्या हैं

    हम को उनसे वफा कि हैं उम्मीद
    जो नहीं जानते वफा क्या हैं

    मैने माना कि कुछ नहीं गालिब
    मुफ्त हाथ आए तो बुरा क्या हैं

    उल्लेखित गजलमा 'हुआ, दवा, माजरा, मुद्दआ, वफा र बुरा' शब्दहरु काफियाका रुपमा प्रयोग भएका छन् । यी शब्दहरुको अन्तमा समानरुपले '' स्वर आएका छन् ।
         
    समतुकांतका साथ काफिया हरेक शेरमा बदलिदै जान्छन् तर पनि स्वर साम्य हुन्छ । काफिया गजलको अनिवार्य तत्व हो । बिना काफिया गजल हुन सक्दैनन् । गजलको एउटा पनि शेरमा काफिया दोष भयो भने अरुजको आधारमा गजल खारेज हुन जान्छ ।

    5.   रदीफ- त्यस्तो अक्षर, शब्द वा शब्दहरुको समूह जुन परिवर्तन नभईकन समानरुपले प्रत्येक शेरमा काफिया पछि आउँछ । यो मतलाको दुवै मिसरामा हुन्छ भने बाँकी शेरको दोश्रो मिसरामा काफिया पछि आउँछ ।

         कुकर्मको बखान
         निकै दुखी इमान

         अभद्र जुन छ नायक
         उही बडो महान
        
         छ अन्धकार मस्तकमा
         तनावमा बिहान – (घनश्याम परिश्रमी)
               
    यहाँ '' अक्षर मतलाको दुवै मिसरामा र अन्य शेरको मिसरा--सानीमा काफिया पछि समानरुपले दोहोरिएको छ । अर्थात यहाँ '' रदीफ हो ।

    प्रसिद्ध गजल गायक गुलाम अलीले गाउनु भएको र शाइर हसरत मोहानीले लेख्नु भएको एक गजलको केही अशआरमा रदीफको अर्को उदाहरण हेरौं
        
         चुपके चुपके रात दिन आँसू बहाना याद हैं
         हम को अब तक आश्की का वो जमाना याद हैं

         खींच लेना वो मेरा पर्दे का कोना दफअ'तन
         और दुपट्टे से तेरा वो मुँह छुपाना याद हैं

    तुझ से कुछ मिलते ही वो बेबाक हो जाना मेरा
         और तेरा दाँतो मे वो उँगली दबाना याद हैं

    उल्लेखित अशआरमा 'याद हैं' रदीफ हो । रदीफले गजलको कहनलाई झन सुन्दर बनाउँछ । तर गजल बिना रदीफको पनि हुन सक्छ । जुन गजलमा रदीफ हुँदैन त्यस्तो गजललाई गैर मुरद्दफ गजल भनिन्छ ।

         म चाहन्न तेरो दया एकआना
         छिमेकी नखोज् लुट्न मेरो सिमाना

         भएको थियो सन्धि स्वार्थी सुगौली
         पुरै च्यातिदिन्छु म पाना पुराना

         छ साहस परे लड्छु खुर्पा खुँडाले
         नठान्नु अझैं हेपिएको जमाना – (घनश्याम परिश्रमी)

    उल्लेखित अशआरमा काफिया पछि कुनै अक्षर वा शब्द छैनन् । अर्थात रदीफविहिन छन् ।

    6.   मतला गजलको पहिलो शेर जसको दुवै मिसरामा काफिया र रदीफको प्रयोग भएको हुन्छ । मतलाद्वारा नै गजलमा काफिया, रदीफ र बहरको निर्धारण गरिन्छ ।

    आगो र पानी रै छ जिन्दगी
    साँच्चै खरानी रै छ जिन्दगी

    अभिनय गरौं कति रंगमञ्चमा
    झूठो कहानी रै छ जिन्दगी
                
    देखें हिजो सपना अचम्मको  
    राजा म रानी रै छ जिन्दगी – (कुन्दन कुमार कर्ण)

    यदी गजलमा मतला पछि थप मतला छ भने त्यसलाई हुस्न--मतला भनिन्छ ।

                  तिमी बिना चन्द्र ताराको के मोल
                 अरु कसैको सहाराको के मोल
                
    उसै त संसार साराको के मोल
    दिए भने झूठ नाराको के मोल (कुन्दन कुमार कर्ण)

    मतलाको सम्पूर्ण नियम निर्वाह गरिएको दोश्रो शेर नै हुस्न--मतला हो । गजलमा हुस्न--मतला हुनैपर्छ भनी अनिवार्यता हुँदैन् ।
         
    7.   मक्ता- गजलको अन्तिर शेरलाई मक्ता भनिन्छ । मक्तामा गजलकारले आफ्नो नाम वा उपनाम लेख्ने प्रचलन रहि आएको छ । अन्तिम शेरमा उल्लेख गरिने ती नाम वा उपनामलाई 'तखल्लुस' भनिन्छ । यसलाई पेन नेम(Pen Name) पनि भनिन्छ । रचनाकारको नामले कुनै खास अर्थ जनाउँछ भने सोलाई शब्दको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

          अहा कस्तरी छाती झल्क्यो हरीको
          जसै मोति माला झुलाये र आये (मोतिराम भट्ट)
         
          इश्क ने गालिब निकम्मा कर दिया
          वर्ना हम भी आदमी थे काम के – (मिर्जा गालिब)

    उल्लेखित शेरहरुमा 'मोति''गालिब' तखल्लुसको रुपमा प्रयोग भएका छन् । उर्दू काव्य विधामा रचनाको अन्त्यमा रचनाकारको नाम लेख्ने प्रचलन रहि आएको छ । तर, यो अनिवार्य भने छैन् ।

    8.   बहर- छन्द अर्थात् लय जसको आधारमा गजल लेखिएको/भनिएको हुन्छ । गजलमा लयको सम्पूर्ण श्रेय बहरलाई जान्छ । गजलका शेरहरु विभिन्न विषयवस्तुमा भनिएका हुन्छन् । हरेक शेर आफैमा पूर्णरुपमा स्वतन्त्र हुन्छन् । कुनै पनि शेरलाई आफ्नो अर्थ र भाव पूरा गर्नका लागि अघि वा पछिका वा कुनै शेरमा भर पर्नु पर्देन । सबै शेरहरु स्वतन्त्र भएता पनि ती शेरहरुलाई एकताबद्ध गर्ने कार्य अर्थात् एकै शूत्रमा बाँध्ने कार्य बहरले गर्दछ । गजलरुपी शरीरमा जसरी मतला शिर, मक्ता पाउँ र काफिया मुटुको रुपमा रहे झैं बहर आत्माको रुपमा उक्त शरीरलाई जीवन्तता प्रदान गर्दछ । बहर गजलको अनिवार्य तत्व हो । बिना बहरको गजल हुँदैन । अर्थात्, यदी बहरको नियम पालना गरिएको छैन भने उक्त रचना गजल होइन भनी बुझ्नु पर्दछ ।

    अब तपाईको मनमा प्रश्न उब्जिन सक्छ यो बहरको निर्माण कसरी हुन्छ त ? बहरको विस्तृत ज्ञान हाँसिल गर्न यसको सम्बन्धमा गहिरो अध्ययन र निरन्तर अभ्यासको आवश्यकता पर्दछ । यहाँ सामान्य पाठकले बुझ्ने गरी संक्षेपमा जानकारी दिन प्रयत्न गरिएको छ ।

    स्वर दुई किसिमका हुन्छनः सानो र ठूलो । सानो स्वरलाई 'लघु' भनिन्छ भने 'ठूलो' स्वरलाई दीर्घ । '', '', '''' देखि 'ज्ञ' सम्मका अक्षरहरु लघु हुन् भने 'ई' '' '', '' '''' र यो लागेका व्यंजनहरु सबै दीर्घ स्वर हुन् । लघुलाई 1 र दीर्घलाई 2 ले जनाईन्छ । जसलाई मात्रा भनिन्छ । मात्राको क्रम नै मात्राक्रम हो । पिंगल छन्दशास्त्र अनुसार मात्राको गणना लेखनको आधारमा गरिन्छ । जस्तै 'पवन' शब्दमा तीन वटै अक्षर लघु छन् यसको मात्रा प//=1/1/1 हुन्छ । तर, गजल अरबी विधा हो र अरुज अर्थात् अरबी छन्दशास्त्रमा मात्राको गणना उच्चारणको आधारमा गरिन्छ । जस अनुसार गजलमा 'पवन' लेख्दा यसको उच्चारण '+वन' हुन जान्छ र मात्राक्रम 12 हुन्छ । यहाँ '' छुट्टै र 'वन' संगसंगै उच्चारण भएकोले दुई वटा लघु जोडिएर दीर्घ बनेको हो । यसलाई अझ प्रष्ट रुपमा बुझ्न उदाहरणका लागि यो गजल हेरौं ।

                              आगो र पानी रै छ जिन्दगी
                              साँच्चै खरानी रै छ जिन्दगी

                             अभिनय गरौं कति रंगमञ्चमा
                             झूठो कहानी रै छ जिन्दगी

                             देख्दा त फूलै फूल देखिने
                             सुन्दर बिहानी रै छ जिन्दगी 

                             जब आफुलाई चिन्न गै सकें 
                             ताजा जवानी रै छ जिन्दगी 

                             देखें हिजो सपना अचम्मको 
                             राजा म रानी रै छ जिन्दगी 

                             छाँडी मलाई खै कता गइन
                             शायद बिरानी रै छ जिन्दगी 

                             लाली अझैं कुन्दन छ ओठमा 
         उनको निसानी रै छ जिन्दगी  (कुन्दन कुमार कर्ण)

    उल्लेखित गजलको मात्राक्रमः 221-2221-212 रहेको छ । अब यस गजलको पहिलो शेरको पहिलो मिसराका प्रत्येक शब्दहरुको मात्रा हेरौं-
    आगो - 22
    - 1
    पानी - 22
    रै - 2
    - 1
    जिन्दगी – 212 (संयुक्त अक्षरको मात्रा 1 र संयुक्ताक्षर भन्दा अघिको अक्षर दीर्घ हुने भएकोले जिन्++गी=212 भएको हो ।)

    उक्त शेरको पहिलो मिसराको मात्राक्रमः

    आगो र पानी रै छ जिन्दगी
    22  1  22  2 1  212
    यहीं मात्राक्रमको पालना गजलका प्रत्येक मिसराहरुमा गरिएको छ । गजलको कुनै एउटा पनि मिसरामा मात्राक्रम समानरुपले आएन भने गजलमा बहरदोष उत्पन्न भै गजल बेबहर हुन जान्छ ।

    "अक्षर र शब्दला संगठित गर्नु, वाक्यला खेलाउनु, तुकबन्दी गर्नु र व्याकरणको नियम पालना गर्नु मात्र साहित्य हो भनी अधिकांशको बुझामा हुन्छ । धेरैले तर्क गर्ने गर्छन् भाव भयो त भै हाल्यो किन संख्या गनेर बस्नु । तर, साहित्य र छन्दशास्त्रको गहिरो अध्ययन गरी यसको जरासम्म पुग्नु भयो भने यसका पछाडी बिशाल विज्ञान र गणितको अवधारणा भेटिने छ । अर्थात् साहित्यको मूलमा गणित निहित छ र यो छन्दशास्त्रको आधारभूत तत्वमध्ये एक हो ।"

    गजल एक सागर हो । यसको गहिंराइमा जति-जति पुगिन्छ त्यति-त्यति नौला कुराहरु भेट्दै जान्छ । एउटा कुशल शाइर बन्नका लागि निरन्तर अध्ययन र अभ्यासको आवश्यकता पर्दछ । यसको शिल्पलाई हृदय देखि अंगाल्न सक्नु पर्दछ । गजलका हरेक नियमहरु सामान्य पाठकले बुझ्न सक्दैनन् । तसर्थः नियमहरुको पालना गर्नु गजलकारको प्रमुख दायित्व हो । शाइरलाई विधाका नियमबाट पन्छिन मिल्दैन् । पन्छिनेहरुलाई भावीकालमा यो विधाले नै नपन्छ्याउला भनी भन्न सकिन्न । साहित्यमा विकृति सृजना हुन नदिन पाठकले पनि खबरदारी गर्नु त्यतिकै जरुरी हुन्छ । खबरदारी गर्नका लागि विधाका कमसे कम सामान्य जान्नु श्रेष्यकर हुन्छ । आशा छ यो लेख पढे पश्चात् सामान्य पाठकले पनि ब्लाग र सामाजिक सञ्जालहरुमा 'गजल' शीर्षक राखी साझा गरिएका रचनाहरु गजल हो होइनन् भनी सजिलै छुट्याउन सक्छन् र गजलमा विकृति फैलाउने जमातलाई खबरदारी गर्न सक्छन् । यसले नेपाली गजलको विकास र विस्तारमा अतुलनीय योगदान पुर्याउनुका साथै साहित्यिक संस्कृतिको समेत प्रवर्द्धन गर्दछ ।

                                                                    - कुन्दन कुमार कर्ण

    (नेपाली भाषामे लिखल ई लेख नेपालक राष्ट्रियस्तरकें अनलाईन न्युजपोर्टल सभमे सेहो प्रकाशित भ' चूकल छै)



  2. 0 comments:

    Post a Comment