सीधे मुख्य सामग्री पर जाएं

विशेष

शुरू भेल 'मैथिली गजल पाठशाला'

मैथिली गजल प्रबर्धनके लेल 28 डिसेम्बर 2025 सँ 'मैथिली गजल पाठशाला' शुरू कएल गेल अछि । वाट्स ऐपपर शुरू भेल एहि पाठशालासँ मैथिली गजलमे नव गजलकार सभक प्रवेश हेतै से विश्वास लेल गेल अछि । पाठशालामे अभ्यर्थी सभक संख्या उत्साहजनक रूपमे निरन्तर बढि रहल छै । एखन धरि ६० सँ बेसी अभ्यर्थी सब सकृयतापूर्वक अभ्यास कऽ रहल छथि । पाठशालामे सहजकर्ताक रूपमे प्रशिक्षण कार्यमे आशीष अनचिनहार, कुन्दन कुमार कर्ण आ अभिलाष ठाकुर उल्लेखनीय काज कऽ रहल छथि । गजलमे नव आगन्तु सभक लेल मैथिली गजल नि:शुल्क सिखबाक सुअवसर अछि ई पाठशाला । पाठशालामे प्रत्येक दिन क्रमबद्ध तरिकासँ अभ्यास भऽ रहल छै आ अभ्यर्थी सभके प्रशिक्षक सभद्वारा प्रभावकारी पृष्ठपोषण प्रदान कएल जा रहल छै । जँ मैथिली गजल सिखबामे अहूँके रुची अछि त निच्चा देल QR स्कैन करि वा लिंकपर जा कऽ पाठशालामे सहभागी भऽ सकै छी । QR लिंक एहिपर क्लीक करि 'मैथिली गजल पाठशाला'सँ जुटू

धीरेन्द्र प्रेमर्षिका नेपाली गजलहरूः एक समीक्षा

गद्य होस् या पद्य साहित्यका जुनसुकै शैली संग सम्बन्धित विधाहरूका आ-आफ्नै स्थापित अनुशासन, नियम र सिद्धान्त हुन्छन् । त्यसैले कुनै पनि विधामा कलम चलाउनुपूर्व ती विधाका अनुशासन, नियम र सिद्धान्तको बारेमा गहिरो अध्ययन गरी नियमित र सार्थक अभ्यास गर्नु अति आवश्यक हुन जान्छ । सामान्य पाठक वर्गलाई विधाका नियमहरूको वारेमा खासै चासो नहुन सक्छ । तर, कुनै खास विधामा गम्भीर चासो राख्ने पाठकहरूले भने रचनालाई कुनै निश्चित विधाको नाम दिईएको छ भने त्यो रचनामा साँच्चिकै ती विधाको नियम र सिद्धान्तलाई रचनाकारद्वारा पालना गरिएको छ वा छैन भनी सजिलै पहिचान गर्न सक्दछ । तसर्थः कुनै पनि रचनाकारले कुनै निश्चित विधामा कलम चलाउँदछ भने त्यस विधाको अनुशासनको पालना गर्नु रचनाकारको परम कर्तव्य हुन जान्छ । यसबाट नै सम्बन्धित विधाको वास्तविक विकास हुन्छ । यो लेखमा हामी साहित्यको अत्यन्त लोकप्रिय, गम्भीर र कठिन अनुशासनको पालना गर्नुपर्ने विधा 'गजल'को वारेमा चर्चा परिचर्चा गर्छौं । जसमा मुख्यतः नेपालको मैथिली भाषाका प्रसिद्ध साहित्यकार र कान्तिपुर एफ.एम.बाट दुई दशक भन्दा बढी अवधि देखि प्रसारणरत मैथिली भाषाको लोकप्रिय कार्यक्रम 'हेलो मिथिला'का सञ्चालक धीरेन्द्र प्रेमर्षि जीद्वारा गजल नाम दिई रचना गरिएको वहाँको पाँच वटा रचनाको त्यस विधाको विश्वव्यापीरूपमा स्थापित सिद्धान्त बमोजिम समिक्षा गर्नेछौं ।

धीरेन्द्र प्रेमर्षि

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नु पर्छ
अनि पो त भन्न पाइयो, साथी-साथी मिल्नु पर्छ

डाँडाभरि लाली गुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ चम्पा पनि खिल्नु पर्छ

स्वच्छ हवा, चोखो पानी, पारिलो त्यो घामबाट
नछेकिउन झुप्रा भनी जम्मै ढिस्को छिल्नु पर्छ

देश जलि राख्दा पनि मस्त घुर्न सक्नेलाई
खबरदारी कमिलाले छानी-छानी चिल्नु पर्छ

शान्तिरूपी अमृत पाउन समुद्र यो मथिँदैछ
केहीले त यो यज्ञमा विषै पनि निल्नु पर्छ

हुन त कुनै पनि रचना गजल हुनका लागि त्यसमा गजलका विभिन्न तत्वहरू निहित भएको हुनुपर्दछ । ती मध्ये 'बहर' र 'काफ़िया' गजलका अनिवार्य आधारभूत तत्वहरू हुन् । यी दुई बिना गजलको परिकल्पना समेत गर्न सकिंदैन । माथि उल्लेखित रचनामा बहरको प्रयोग के, कसरी भएको छ वा छैन भनी तक्तीअ गरी जाँच गरौं ।

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नु पर्छ
22   22   222  1 22  22  21  21
अनि पो त भन्न पाइयो, साथी-साथी मिल्नु पर्छ
2   2 1 21  212   22  22  21  21

माथिको तक्तीअलाई अर्कानको संरचनामा हेर्दाः

तिम्रो मनको/ खोपीमा नि/ मेरो गुच्चा/ पिल्नु पर्छ
2222/ 2221/ 2222/ 2121
अनि पो त भन्/ न पाइयो/ साथी-साथी/ मिल्नु पर्छ
2212/ 1212/ 2222 / 2121

डाँडाभरि ला/ ली गुराँस/ फक्रिएर/ मात्र हुन्न
2222/ 2121/ 2121/ 2121
मैदानको/ पर्तीमाझ/ चम्पा पनि/ खिल्नु पर्छ
2212/ 2221/ 222/ 2121

यहाँ रचनामा काफ़ियाको पालना भएको देखिएता पनि रचनाको पहिलो दुई टा पंक्ति अर्थात् मिसराको संगैको दुई टा पंक्तीको समेत बहर मिलेको छैन । यो रचना स्वतः बेबहर हुन गयो ।


लोकतन्त्र आउनु पर्छ, भनाई हैन गराइमा
यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा

सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन
आज किन दर्छौ साथी हामीलाई पराइमा

पुर्खौ देखि मिलिजुली पाल्दै आको मितेरीको
साइनो आज जान लाग्यो कतै बसाइसराइमा

सराबरी पसिनाले सिँचिएको यो माटोमा
कैफियत गर्यौ क्यार तिम्ले बीउ छराइमा

शान्तिप्रिय हुँदासम्म लाटो-बुङ्गो भनी-भनी
लाग्यौ तिमी हाम्रो भाग खोसी भुँडी भराइमा

पाँचै कोटी हातमा दिउँ कामदाम बराबरी
होइन भने यसैगरी लाग्छन् सबै लडाइमा

उल्लेखित रचनामा काफ़िया दोष छ । यहाँ 'गराइ'मा ह्रस्व इ रहेको छ भने र 'तराई' मा दीर्घ ई रहेको छ । तसर्थ यहाँ काफ़ियाकै मात्राक्रम मिलेको देखिएको छैन । रचनाका बांकी पंक्तिहरूमा समेत यहीं कारणले दोष उत्पन्न भएको छ । बहरको कसीमा दाँज्न सुरूका दुई पंक्तिलाई तक्तीअ गरी हेरौं ।

लोकतन्त्र/ आउनु पर्छ/ भनाई है/ न गराइमा
2121/ 2221/ 1222/ 11212
यतिमात्र के/ भनेथेँ आ/ गो बल्यो/ तराईमा
2212/ 1222/ 222/ 1222

गजलको मतला नै यसको बहरको निर्माण गर्दछ । तर, यहाँ जसलाई मतलाको रूपमा प्रस्तुत गरिएको छ त्यसको दुवै मिसरामा समान बहरको प्रयोग गरिएको छैन ।

खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाच्ने संकट हटेपछि

'लगनी'को भाका हाल्दै गाउँछे बिर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि

उनी ठान्छन् सबै व्याधि भाग्ने गर्छ यसैगरी
छू मन्तरकी बाचा भन्दै सुगा रटान रटेपछि

माटामा नै मन्दिर देख्ने चलित्तरले पनि अब
बलि दिने 'गहबर'मा रे, साढेसाती कटेपछि

शान्तिपूर्वक देउता पनि कहाँ गई गुहार्ने होला
परेवाको खोपमा नै बाजहरू अँटेपछि

मौसम छ प्रतिकुल, आइहाल्छ नि बाढी-पहिरो
वसन्त नि फुल्छ तर, प्रेमपथमा डटेपछि

प्रस्तुत रचनाका सुरूका चार पंक्तीलाई मात्र तक्तीअ गरी हेरौं

खोलो साह्रै/ बढेको छ/ पारि जाउँ/ ला घटेपछि
2222/ 1221/ 2121/ 2122
ऐले बाबै/ ज्यान जोगा/ उने बाच्ने/ संकट हटे/ पछि
2222/ 2122/ 1222/ 2212/ 2

'लगनी'को भा/ का हाल्दै गा/ उँछे बिर्खी/ बुढिया
2222/ 2222/ 1222/ 22
कहिले पेट/ भरि खाउँला/ दिनभरि खटे/ पछि
2221/ 2212/ 2212/ 2

चार वटै मिसरामा असमान बहरको पालना गरिएको देखिएको छ ।


वेदनाको लहरले मुटु जब छुन्छ हजुर
ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रून्छ हजुर

रून सक्नु भनेको नि वीरताकै निशानी हो
छलछाम, अहंकार आँसु ले नै धुन्छ हजुर

विषालु हो, टोक्छ पनि, टोक्ने मात्र हैन तर
पिरतीको गीत गाए सर्पले नि सुन्छ हजुर

हत्केलामा ज्यान राखी बसातमा कावा खाने
माकुराले बाध्यतामै जालो सँधै बुन्छ हजुर

जिन्दगीको यात्रामाझ् निद्रासँगै रात चल्छ
परेली उघार्यो कि त बिहानी नै हुन्छ हजुर

यहाँ छुन्छ, रून्छ, धुन्छ, सुन्छ, बुन्छ, हुन्छ काफ़ियाको रूपमा रहेको अर्थात् काफ़ियाको नियम पालना भएको देखिन्छ । अब यसका सुरूका दुई पंक्तीको तक्तीअ हेरौं

वेदनाको/ लहरले मुटु/ जब छुन्छ/ हजुर
2212/ 1222/ 221/ 12
ढुङ्गा जस्तो/ मुटु पनि त्यति/खेर रून्छ/ हजुर
2222/ 222/ 2121/ 12

दुईटै पंक्तीमा असमान बहरको प्रयोग गरेको देखिन्छ । तसर्थः यो रचना पनि बेबहर हुन जान्छ ।


उड्दा उड्दै परेवा त्यो आकाश मै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आसमा नै शहिदले रगत सिँचे
तै पनि त्यो फूलबारीमा विषै किन फलेको छ

संकटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ् ! हिँड्नै नपाई गलेको छ

सबै भन्छन् तेरो आँगन पार्दै छौं उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ

मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नुनचुक दलेको छ

बत्ती सारा निभे पनि, जुन तारा उँघे पनि
'प्रेमर्षि'को छातीभित्र प्रेम दियो बलेको छ

उल्लेखित रचनाको सुरूका दुई पंक्तीको तक्तीअ मार्फत बहरको जाँच गरौं

उड्दा उड्दै/ परेवा त्यो/ आकाश मै/ ढलेको छ
2222/ 1222/ 2212/ 1221
चारो छर्ने/ हातबाटै/ गोली हजुर/ चलेको छ
2222/ 2122/ 2212/ 1221

शायद अलिकति मात्र ध्यान दिईएको भए दुईटैल पंक्तीको बहर समान हुन सक्थ्यो । तर, त्यसो हुन सकेन अर्थात् यो माथिका सबै रचना झैं यो रचना पनि बेबहर रहेको देखिएको छ ।

धीरेन्द्र प्रेमर्षि जीले नेपाली भाषाका जुन रचनाहरूलाई नेपाली गजल भनी नाम दिई प्रकाशन र प्रसारण गर्दै आईरहनु भएको छ तीमध्ये अधिकांश रचनामा काफ़ियाको प्रयोग सही ढंगले भएको पाइएता पनि बहरलाई भने वहाँले पूर्णरूपमा नजरअन्दाज गर्नु भएको छ । कतिपय रचनामा काफ़िया दोष समेत देखिएको छ । अर्थात् काफ़ियाको सही प्रयोगमा वहाँ चुक्नु भएको देखिन्छ । तसर्थः गजलको विश्वव्यापीरूपमा स्थापित नियम, अनुशासन र सिद्धान्त बमोजिम वहाँको उल्लेखित सबै रचना खारेज हुन जान्छ । अर्थात्, ती रचनाहरू गजल होइनन् ।


(धीरेन्द्र प्रेमर्षि जीका उल्लेखित रचनाहरू साहित्य संग्रह डटकम बाट साभार गरिएको छ ।)







टिप्पणियाँ

लोकप्रिय लेख/रचना

गजल: जदी छौ मोन भेटबाक डेग उठा चलि या

जदी छौ मोन भेटबाक डेग उठा चलि या हियामे चोट आ बदनमे आगि लगा चलि या छियै हम ठाढ़ एहि पार सात समुन्दरकें हियामे प्रेम छौ त आइ पानि सुखा चलि या जरै हमरासँ लोकवेद हार हमर देखि भने हमरा हराक सभकें‌ फेर जरा चलि या बरेरी पर भऽ ठाड़ हम अजान करब प्रेमक समाजक डर जँ तोरा छौ त सभसँ नुका चलि या जमाना बूझि गेल छै बताह छियै हमहीं समझ देखा कनी अपन सिनेह बचा चलि या 1222-1212-12112-22 © कुन्दन कुमार कर्ण

मैथिली शायरी

गजल

कर्ममे एना रमा जाउ संगी स्वर्गमे सिड़ही लगा जाउ संगी भेटलै ककरा कथी मेहनत बिनु बाट गन्तव्यक बना जाउ संगी नै घृणा ककरोसँ नै द्वेष राखू नेह चारु दिस बहा जाउ संगी चित्तमे सुनगत अनेरो जँ चिन्ता धूँइयामे सब उड़ा जाउ संगी ठेस लागल ओकरे जे चलल नित डेग उत्साहसँ बढा जाउ संगी किछु करु हो जैसँ कल्याण लोकक नाम दुनियामे कमा जाउ संगी ओझरी छोड़ाक जिनगीक आबो संग कुन्दनके बिता जाउ संगी फाइलुन–मुस्तफइलुन–फाइलातुन © कुन्दन कुमार कर्ण

कौन सी रचना गजल हैं, कौन सी नहीं ? (हिन्दी अनुवाद)

गजल सम्बन्धी नेपाली भाषामे "कुन रचना गजल हो, कुन होइन ?" शीर्षकमे जुलाई, २०२० मे नेपालक राष्ट्रिस्तरकें न्यूजपोर्टल सभमे प्रकाशित भऽ चूकल आलेखक नई उम्मीद मैगजिनमे प्रकाशित हिन्दी अनुवाद- गजलः नव उम्मीदमे प्रकाशित आलेखक हिन्दी अनुवाद - पहिल पृष्ठ गजलः नव उम्मीदमे प्रकाशित आलेखक हिन्दी अनुवाद - दोसर पृष्ठ गजलः नव उम्मीदमे प्रकाशित आलेखक हिन्दी अनुवाद - तेसर पृष्ठ

गजल: लगाबऽ दाउ पर पड़ै परान बन्धु

लगाबऽ दाउ पर पड़ै परान बन्धु मनुष बनै तखन सफल महान बन्धु बड़ी कठिनसँ फूल बागमे खिलै छै गुलाब सन बनब कहाँ असान बन्धु जबाब ओकरासँ आइ धरि मिलल नै नयन सवाल केने छल उठान बन्धु हजार साल बीत गेल मौनतामे पढ़ब की आब बाइबल कुरान बन्धु लहास केर ढेरपर के ठाढ़ नै छै कते करब शरीर पर गुमान बन्धु 1212-1212-1212-2 © कुन्दन कुमार कर्ण