सीधे मुख्य सामग्री पर जाएं

विशेष

प्रदेश-2 में फिर उपजा भाषा विवाद (हिन्दी अनुवाद)

केंद्र में सरकार बदलने से प्रदेश 2 भी अछूता नहीं रहा। परिणामस्वरूप, एक मंत्री और एक राज्य मंत्री के साथ नेकपा माओवादी (केंद्र) भी सरकार में शामिल हो गयी। माओवादी केंद्र की ओर से भरत साह ने आंतरिक मामला और संचार मंत्री के रूप में शपथ ली और रूबी कर्ण ने उसी मंत्रालय में राज्य मंत्री के रूप में शपथ ली। इससे पहले दोनों मंत्रियों ने अपनी मातृभाषा मैथिली में शपथ लेने का स्टैंड लिया था। पद की शपथ लेने के तुरंत बाद उन्होंने अफसोस जताया कि कानून में कमी के कारण वे अपनी मातृभाषा मैथिली में शपथ नहीं ले सके और कहा कि शपथ की भाषा पर असहमति के कारण शपथ ग्रहण समारोह में देरी हुई। लेकिन शपथ लेने के तुरंत बाद उन्होंने मातृभाषा में शपथ लेने पर अध्यादेश लाने की प्रतिबद्धता भी जताई। दोपहर तीन बजे दोनों मंत्रियों का शपथ ग्रहण होना था। लेकिन भाषा विवाद के चलते यह कार्यक्रम दोपहर 4 बजे शुरू हो सका। इनलोगों ने मैथिली भाषा में लिखा एक प्रतीकात्मक शपथ पत्र भी प्रदेश 2 के प्रमुख राजेश झा को सौंपा था। मातृभाषा मैथिली के प्रति प्रेम और स्नेह को लेकर प्रदेश 2 में चर्चा में आए मंत्री साह ने एक सप्ताह पहले एक कार्यक्

लकडाउन अवधि सदुपयोगका सात उपायहरू

कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण विश्व नै अहिले असमान्य अवस्थाबाट गुज्रिरहेको छ । विश्वकका अधिकांश देशहरूले लामो समयका लागि लकडाउनको नीति अपनाई नागरिकहरूलाई सामाजिक दूरी (Social Distance) कायम गर्न अपील गरेका छन् भने छिमेकीमूलुक भारत लगायत कतिपय देशहरूले विभिन्न शहरमा कर्फ्यु नै लागू गरेका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदन अध्ययन गर्दा संक्रमनदर र मृत्युदर गतिशील रूपमा बढिरहेको देखिएको छ । पहिलो र दोश्रो विश्वयुद्धका बखत पनि विश्वका कतियप राष्ट्रहरू त्यसको प्रभावबाट अछूतो रहन सफल भएको थियो तर यो महामारीका कारण शायदै विश्वका कुनैपनि कुना अछुतो रहन सफल भएका होलान् । एक किसिमले विश्वयुद्धको स्थिति निम्तिएको जस्तो छ । जहाँ स्वास्थ्यकर्मीहरू हात, खुट्टा र शरीर नभएको तथा नाङ्गो आँखाले देख्न नसकिने शत्रु सँग सैनिकका रूपमा लडिरहेका एवम् मास्क, स्यानिटाइजर, भेन्टिलेटर, पीपीई लयायत स्वास्थ्य सामग्रीहरू अस्पतालरूपी कुरूक्षेत्रमा हतियारको रूपमा प्रयोग भै रहेको देख्न सकिन्छ ।

नेपालमा कोरोनाभाइरस तीव्र रूपमा फैलिन नदिन सरकारले देशभरिकै लागि घोषणा गरेको लकडाउनको अवधि बैशाख ३ गतेसम्मका लागि थप गरेको छ । विगत दुई साता देखि देशभरिको सरकारी तथा निजी कार्यालय, विश्वविद्यालय, स्कुल, कलेज, अस्पतालयहरू बन्द छन् भने लकडाउनले गर्दा सरकारी र निजी क्षेत्रका कर्मचारी, विद्यार्थी, मजदुर लगायत सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएका छन् । मानिसहरूमा अहिले एकातिर कोरोनाभाइरसको संक्रमनबाट बच्ने चुनौती छ भने अर्कोतर्फ यो अवधिमा आफूमा हतासा, निराशा वा मानसिक कमजोरी हावी हुन नदिन सतर्क रहनुपर्ने देखिन्छ । तसर्थः 'खाली दिमाग, शैतानको बास' भन्ने उखानलाई व्यवहारिकरूपमा चरितार्थ हुन नदिन र आफूलाई स्वस्थ्य, स्फूर्त, खुशी र प्रेरित राख्न यो अवधिलाई सुनौलो समयको रूपमा लिई तपसिल बमोजिका कार्यहरू मार्फत यस अवधिको सदुपयोग गर्न सकिन्छ ।

1) योग, प्रणायाम र ध्यान

अहिलेको परिवेशमा मानिसहरूलाई योग, प्रणायाम र ध्यानको लाभ बताई रहनु पर्दैन । तर, यसका फाईदाका बारेमा मानिसलाई जानकारी हुँदाहुँदै समेत दैनिक जीवनमा निरन्तर रूपमा कमैले गरिरहेका हन्छन् । शरिरलाई स्वस्थ्य, मनलाई शान्त र हृदयलाई करूणायुक्त बनाई राख्नका लागि यस अवधिमा बिहान र बेलुका दुवै समयमा निरन्तर योग, प्रणायाम र ध्यान गर्नुहोस् । योगका सयौं आसनहरू छन् । विभिन्न आसनहरूमध्ये निरन्तर अभ्यास मार्फत केही आसनमा आफूलाई यही समयमा निपुण बनाउन सकिन्छ । यदी तपाई योग गर्न निरन्तर कुनै योग केन्द्रमा धाईरहनु भएको थियो र लकडाउनले गर्दा योग केन्द्र बन्द रहेको छ भने यूट्युबमा योग सम्बन्धी प्रशस्तै सामग्रीहरू भेटिन्छन् जहाँबाट योगका नव आसनहरू सिक्न सक्नु हुन्छ । योग नगर्नेहरूका लागि पनि योग गर्न सुरूवात गर्ने यो अत्यन्तै राम्रो अवसर हो । अनावश्यकरूपमा दिनभरि सामाजिक सञ्जालमा समय व्यतित गर्नुभन्दा ईन्टरनेटको उचित प्रयोग गरी योग र प्रणाम सिक्नु जीवनोपयोगी हुनेछ ।

मनको उर्जालाई एकत्रित गरी आफ्नो कर्म र ज्ञानलाई उच्चकोटीमा पुर्याउन ध्यान बाहके अरू कुनै माध्यम छैन । ध्यान नै शान्तिको सम्पूर्ण श्रोत हो । गौतम बुद्ध भन्नु हुन्छ "शान्ति हाम्रो भित्रबाट नै आउँछ । यसलाई बाहिर खोज्ने प्रयास नगरौं" । यो खाली समयमा हाम्रो मनमा व्यस्त जीवनको तुलनमा लाखौं अनावश्यक विचारहरू उत्पन्न हुन्छ । यी विचारहरूले मनमा चिन्ता र निराशा उत्पन्न गर्छ । जसले व्यक्तिलाई पीडा बाहेक अरू केही दिंदैन । "आँखा बन्द गर्नुस र मनको विचारलाई दृष्टा बनेर हेर्नुस् । हेर्दै जानुस् । हेर्दै जानुस् । यो स्वतः समाप्त भएर जान्छ" भनी ओशोको भनाईले पनि मानव जीवनमा ध्यानको अपरिहार्यतालाई झल्काउँदछ । तसर्थः लकडाउनको यस अवधिमा ध्यान साधनाको यो अवसरलाई त्यतिकै खेर नजान दिनुहोला । निरन्तरको योग, प्रणायाम र ध्यानले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्दछ ।

2) पुस्तकको अध्ययन

भनिन्छ कुनै बुद्धिजीविको बौद्धिकता परीक्षण गर्नुछ भने उसले आफ्नो जीवन कालमा कुन-कुन पुस्तकहरूको अध्ययन गरेको छ भनी सोध्नुहोस् । मनोविदहरूले भन्ने गरेका छन् यदी कुनै निर्जीव वस्तु संग संवाद गर्नुछ भने पुस्तकको अध्ययन गर्नुहोस् । पुस्तकले व्यक्तिको एक्लोपना दूर गर्दछ । मानव जीवनमा पुस्तक अध्ययनलाई उच्च महत्व दिंदै अमेरिली लेखक अर्नेष्ट मिलर हेमिंगवेले भनेका छन् "पुस्तक भन्दा ईमान्दार मित्र अरू कोही हुन सक्दैन"।

जीवनको अस्तव्यस्तताले गर्द तपाईले पुस्तक अध्ययन गर्न छुटाएको हुन सक्छ वा अध्ययन गरिरहेको पुस्तक बीचैमै छोडेको वा अध्ययन अपुरो रहेको हुन सक्छ । तपाईले अध्ययन गर्न छुटाउनु भएको वा अध्ययन अपूरो रहेको पुस्तक पढ्ने यस्तो अवसर संधै प्राप्त गर्नु हुन्न । कसैलाई पुस्तक अध्ययन गर्ने वाणी नै छैन भने यसै अवधिमा वाणी बसाल्ने मौका पाउनु भएको छ । विश्वस्तरीय र आफूलाई मन परेको साहित्यिक, दार्शनिक, अध्यात्मिक वा अन्य किसिमका पुस्तकहरू अध्ययन गरी आफ्नो बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर हो यो । विद्यलाय र कलेजमा अध्ययनरत विद्यार्थीहरू तथा लोक सेवाको तयारी गरिरहेका विद्यार्थीहरूले यो अवधिको फाईदा उठाउँदै आफ्नो कोर्सको तयारी दुई दूगुना गर्न सक्छन् । कोर्स अफ स्टडी बाहेकका पुस्तकहरू पढ्ने मौका पाउनु भएको थिएन भने लकडाउन अवधिलाई त्यसका लागि सदुपयोग गर्नुहोस् ।

3) सृजनात्मक कार्य

प्रत्येक व्यक्तिमा मौलिक चिन्तन गर्ने क्षमता हुन्छ । मौलिक चिन्तनले नव रचनाको जन्म दिन्छ । तर, त्यसका लागि उपयुक्त वातावरण र सकारात्मक मनोदशा पूर्वशर्तको रूपमा रहेको हुन्छ । आफ्नै जीवन, वरिपरीको वातावरण, आकाशको वादल, सूर्य, चन्द्रमा, ताराहरू, हावा संग हाम्रो जीवन प्रत्यक्षरूपमा जोडिएको रहेतापनि हामीले कहिल्यै पनि होशपूर्वक अवलोकन गरेका हुँदैनौ । लकडाउनको अवधिमा अनेक कृयाकलापहरूबाट छुटकारा पाई जीवनमूल्यलाई नजिकबाट नियाल्न अनौंठो समय प्राप्त गर्नु भएको छ । आफ्नो जीवनका आयाम र यसका आधारभूत तत्वहरूलाई नजिकबाट नियाली मनोदशामा सकारात्मकताको वृद्धि गरी सकारात्मकतालाई सृजनामा बदल्नुहोस् । आफ्नो मौलिक चिन्तनको क्षमतालाई विस्तार गरी गजल, कविता, कथा, गीत, उपन्यास रचना लगायतका सृजनात्मक कार्य गरी यस लकडाउनको अभूतपूर्व फाईदा उठाउनुहोस् ।

4) पारिवारिक घनिष्टतामा वृद्धि

संसारमा व्यक्तिको साथी, प्रशंसक र सहयोगी जति संख्यामा भएतापनि परिवारको स्थान कसैले पनि लिन सक्दैनन् । परिवारमा तपाई जुनसुकै भूमिकामा रहेतापनि परिवारका सदस्यहरूका लागि तपाईको समय मूल्यवान हुन्छ । जागिर, अध्ययन, व्यापार वा अन्य प्रयोजनले कतिपय अवस्थामा घर परिवारबाट टाढा बस्नुपर्ने हुन्छ वा घरपायक रहेतापनि कार्यवयस्तताका कारण श्रीमति, छोराछोरी, आमा बुवा लगायत परिवारका सदस्यहरूलाई पर्याप्त समय दिन कठिनाइ हुन सक्छ । वर्तमान युगमा मोबाईल, ईन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण परिवारमा बसेर पनि मानिसहरूको बढी भन्दा बढी ध्यान अवास्तविक संसारमा केन्द्रित हुने गरेको उदाहरण प्रशस्तै भेटिन्छ । यसले पारिवारिक सम्बन्धमा नकारात्मक असर पर्ने गर्दछ ।

तसर्थः लकडाउनको यस अवधि आफ्नो परिवार संग उत्सव झैं बिताउनुहोस् । तपाई विवाहित हुनुहुन्छ भने श्रीमतिलाई घरको कामकाजमा सघाउनु । छोराछोरीको पढाईको अवस्था आंकलन गरी अध्ययन अध्यापनमा सहयोग पुर्याउनु । कोर्स अफ स्टडी बाहेक सन्तानलाई सामाजिक र व्यवहारिक ज्ञान प्रदान गर्नु । बुवा आमा संग बसी उनीहरूको समस्या सुन्नु । वहाँहरूको जीवनपयोगी अनुभव बारे जानकार हुनु । आफू भन्दा सानाहरू संग प्रभावकारी सञ्चार गर्नु । परिवारका प्रत्येक सदस्यहरू संग दूरी कायम गरी एक साथ बसी भावना तथा सोचहरू साझा गर्नु। मजबूत पारिवारिक सम्बन्ध कायम गर्न यो समय अत्यन्त उपयुक्त रहेको छ ।

5) व्यसन/लत त्यागने अवसर

असल होस वा खराब कुनैपनि कुराको व्यसन वा लत जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नोक्सान पुर्याई रहेकै हुन्छ । त्यसैले त भनिन्छ कुनै पनि कुराको बानी आफैमा नराम्रो बानी हो । यदी तपाईमा धुम्रपान वा मद्यपान जस्तो नराम्रो बानी छ र लामो समय देखि त्यस्ता लत त्याग्न प्रयत्नरत रहेतापनि छोड्न सक्नु भएको छैन भने तपाईको लागि त्यस्ता व्यसन वा लत त्याग गर्ने राम्रो अवसर हो लकडाउन । अहिले बजारहरू बन्द छन् । घर बाहिर निस्कन रोक लगाईएको छ । अरू अवस्थामा सामान्यरूपमा उपलब्ध हुने खैनी, गुटखा, चुरोट र रक्सीको अहिले व्यापार व्यसवसाय बन्द भएका कारण उपलब्धतामा कठिनाई समेत देखिएकोले यो अवसरको सदुपयोग गरी दुर्व्यसन र लतबाट छुटकारा पाउन भरमगदुर प्रयास गर्नुहोस् ।

6) मनोरञ्जन

सुखद जीवनको लागि चाहिने अत्यावश्यक तत्वहरूमध्ये मनोरञ्जन पनि एक हो । मनोरञ्जनले केही समयका लागि भएपनि चिन्ता बिर्साउँदछ । यसले मस्तिष्कलाई ताजगी प्रदान गर्दछ भने मनमा खुशीको सञ्चार गर्दछ । वर्तमान युगमा मनोरञ्जन प्राप्त गर्न सकिने पर्याप्त साधन र माध्यमहरू उपलब्ध छन् । व्यक्तिहरूको मनोरञ्जन प्राप्त गर्ने तरिका र श्रोतहरू फरक हुन सक्दछन् । मनोरञ्जन व्यक्तिको रूचीमा पनि भर पर्ने कुरा हो । तसर्थः लकडाउनको यस खाली समयमा मनमा निराशा उत्पन्न हुन नदिन र विगतमा चाहेर पनि गर्न वा पाउन नसकेको मनोरञ्जनात्मक कुराहरू अहिले गर्ने वा पाउने अवसर रहेको छ । त्यसैले चलचित्र मन पराउनेले मन परेको चलचित्र हेर्नु, टेलिभिजनमा मन पर्ने धारावाहिक कथा हेर्नु, रूची अनुसारको संगीत सुन्नु, वाद्यवादन बजाउनु/बजाउने अभ्यास गर्नु/बजाउन नजान्नेले सिक्नु, चित्र कोर्नु, कमेडियनहरूले कमेडी भिडियो बनाई साझा गर्नु, नृत्य गर्नु, साथी र प्रियजन संग स्नेहयुक्त सन्देश आदान प्रदान गर्नु । यस्ता कृयाकलापहरूले तपाईमा आत्मविश्वास जगाउँदछ । आत्मविश्वास वृद्धि भए रोग प्रतिरोधक क्षमतामा समेत वृद्धि हुन्छ ।

7) तपाईको आफ्नै खोज

भगवान बुद्ध भन्नु हुन्छ कुनै ज्ञानी वा विद्वान व्यक्ति जोसुकै किन नहोस् कसैले भनेको कुरा आफूले अभ्यास गरी अनुभूति नगरूञ्जेलसम्म सरल र सहज रूपमा स्वीकार नगर्नु । आफ्नो जीवनको मार्ग आफै खोज्नु । मैले त तपाईको लकडाउनको अवधिलाई हतास र निराश मनोदशाबाट मुक्त गरी कोरोनाभाइरस (कोभिड–१९)को कारण सृजित विश्वव्यापी महामारीका बखत यस अवधिलाई आनन्दमय बनाई रोग प्रतिरोधात्मक क्षमता कसरी अभिवृद्धि गर्न सकिन्छ भनी केही तरिकाहरू साझा गरे । उल्लेखित तरिकाहरू बाहेक तपाईहरू थप रचनात्मक र उपयोगी तरिकाहरूको खोजी गरी आफ्ना परिवार, साथीभाई लगायतकाहरू संग साझा गर्न सक्नु हुन्छ । जसरी मैले लकडाउनको यो समयलाई सदुपयोग गर्दै यो लेख लेखें र आफ्ना केही समयलाई सृजनात्मक बनाए जसबाट तपाईहरूलाई समेत फाईदा पुग्ने अपेक्षा गरेको छु । त्यसरी नै यो समयमा अझै उपयोगी चीज के गर्न सकिन्छ भनी तपाईको खोजको धेरैले प्रतिक्षा गरिरहेको हुन सक्छन् । तसर्थः प्रकृतिले दिएको मौलिक शक्तिको अद्भूत क्षमतालाई प्रदर्शन गर्नहोस् ।


(ई आलेख नेपाली भाषामे लीखल गेल छै)

टिप्पणियाँ

लोकप्रिय लेख/रचना

गजल

कर्ममे एना रमा जाउ संगी स्वर्गमे सिड़ही लगा जाउ संगी भेटलै ककरा कथी मेहनत बिनु बाट गन्तव्यक बना जाउ संगी नै घृणा ककरोसँ नै द्वेष राखू नेह चारु दिस बहा जाउ संगी चित्तमे सुनगत अनेरो जँ चिन्ता धूँइयामे सब उड़ा जाउ संगी ठेस लागल ओकरे जे चलल नित डेग उत्साहसँ बढा जाउ संगी किछु करु हो जैसँ कल्याण लोकक नाम दुनियामे कमा जाउ संगी ओझरी छोड़ाक जिनगीक आबो संग कुन्दनके बिता जाउ संगी फाइलुन–मुस्तफइलुन–फाइलातुन © कुन्दन कुमार कर्ण

गजल

एखन हारल नै छी खेल जितनाइ बांकी छै इतिहासक पन्नामे नाम लिखनाइ बांकी छै गन्तव्यक पथ पर उठलै पहिल डेग सम्हारल अन्तिम फल धरि रथ जिनगीक घिचनाइ बांकी छै विद्वानक अखड़ाहामे करैत प्रतिस्पर्धा बनि लोकप्रिय लोकक बीच टिकनाइ बांकी छै लागल हेतै कर्मक बाट पर ठेस नै ककरा संघर्षक यात्रामे नोर पिबनाइ बांकी छै माए मिथिला नै रहितै तँ के जानितै सगरो ऋण माएके सेवा करि कऽ तिरनाइ बांकी छै सब इच्छा आकांक्षा एक दिन छोडिकेँ कुन्दन अन्तर मोनक परमात्मासँ मिलनाइ बांकी छै 2222-2221-221-222 © कुन्दन कुमार कर्ण

रक्षा बन्धन गजल

प्रेम दिवस विशेष पोष्ट कार्ड

Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili Valentine Special Post Cards in Maithili

Poem : I like you

You can't imagine My intrinsic sensation The wave of your desire Is on fire Every breath I take Every move I make You always with me I wish you would have known The story of my discomfort The State of my loneliness But, What can I do Now that My heart isn't in control of itself Then How to win your heart Perhaps It's impossible for me But nevertheless I'm looking to continue This series of affection Without your any action Even I don't know Whatever you are Good or bad Honest or mad I just know A thing about you From the bottom of my heart I like you I like you I like you © Kundan Kumar Karna